spot_img

13 March ,2026,Friday

वीरगंजमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित, धर्म–संस्कृति र राष्ट्रियताका पक्षमा कलम चलाउन आह्वान

वीरगंज, २७ पुष । विश्व हिन्दू परिषद् नेपाल वीरगंज महानगर कार्यसमितिले आइतबार हिन्दू पत्रकार संघ नेपालका नवनियुक्त केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई एक भव्य समारोह बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ ।

वीरगंज स्थित रानीसती धर्मशालामा सम्पन्न कार्यक्रममा हिन्दू धर्म, संस्कृति तथा राष्ट्रियताको संरक्षणमा सञ्चारकर्मीको भूमिकाबारे गम्भीर विचार–विमर्श गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले नवनियुक्त पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यम मार्फत हिन्दू धर्मविरुद्ध भइरहेका अभद्र टिप्पणी र योजनाबद्ध मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “हिन्दूहरूको आस्थामाथि आक्रमण गर्ने तत्वहरू सक्रिय बन्दै गएका छन्। यस्ता भ्रम र दुष्प्रचारलाई चिरेर सत्य उजागर गर्ने जिम्मेवारी अब हिन्दू पत्रकार संघले लिनुपर्छ। यस अभियानमा विश्व हिन्दू परिषद् सधैँ तपाईंहरूसँग साथमा रहनेछ ।”

हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले प्रमुख अतिथिको आसनबाट बोल्दै संघको उद्देश्य स्पष्ट पार्दै भन्नुभयो, “यो संगठन कुनै जात, समुदाय वा धर्मविरुद्ध होइन । हिन्दू धर्मको प्रचार–प्रसार, ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र सत्यको पक्षमा निर्भीक पत्रकारिता गर्नु नै हाम्रो लक्ष्य हो ।”

उहाँले थप्नुभयो, “पत्रकारको पहिलो धर्म न्याय हो । जात, धर्म वा पहिचान जेसुकै भए पनि पीडितको पक्षमा आवाज उठाउनु हाम्रो कर्तव्य हो। मठ–मन्दिर, संस्कृति र सभ्यताको संरक्षणसँगै सत्यका पक्षमा हामी सधैँ अडिग रहनेछौँ ।”

विश्व हिन्दू परिषद् वीरगंज महानगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा दीप प्रज्वलन गरी सनातन परम्पराको सम्मान गरिएको थियो ।

कार्यक्रममा वीरगंजका प्रतिष्ठित उद्योगी, नागरिक समाजका प्रतिनिधि, महिला सञ्चारकर्मी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले हिन्दू पत्रकार संघको सक्रियताले मधेस प्रदेशसहित देशभर धार्मिक पत्रकारितामा नयाँ चेतना र आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल