14 January ,2026,Wednesday

समाज सुधार बचत तथा ऋण सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

राजन कुमार बानिया


वीरगंज, २९ पुष । समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कटीको १७ औँ वार्षिक साधारण सभा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर ४ स्थित कटीमा सम्पन्न भएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। संस्थाका लेखापाल दिपेन्द्र चौहानले प्रस्तुत गरेको विवरण अनुसार सहकारीले ३ करोड ८ लाख ९९ हजार ३ रुपैयाँ बराबरको आय–व्यय गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी महासंघ पर्साका अध्यक्ष हरेराम पटेलले दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गर्दै सहकारीको आफ्नै जग्गामा साधारण सभा सम्पन्न हुनु गौरवको विषय भएको बताए। उनले सहकारी संस्थाहरूले महिला सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

अध्यक्ष पटेलले सहकारी मार्फत गरिब महिला तथा पुरुषलाई समयमै ऋण उपलब्ध गराई व्यवसायमा सहयोग पुर्‍याइ आत्मनिर्भर बनाउने कार्य प्रशंसनीय रहेको बताए। सहकारीको अवधारणा बचत संस्कृतिसँग जोडिएको उल्लेख गर्दै, भविष्यका लागि बचतको महत्वबारे समेत प्रकाश पारे।

संस्थाका अध्यक्ष उमेश बैठाले समाज सुधार बचत तथा ऋण सहकारीमा १२ सयभन्दा बढी सेयर सदस्य रहेको जानकारी दिँदै संस्थाले ५० हजारदेखि १० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको बताए। साथै, सहकारीबाट ऋण लिएर समयमै चुक्ता गरी सफल व्यवसाय सञ्चालन गर्ने उत्कृष्ट सेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

साधारण सभा अध्यक्ष उमेश बैठाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राम निवास यादव, अतिथि चुमन महतो, उपाध्यक्ष रमेश मेहता, कोषाध्यक्ष धुर्वलाल महतो, सचिव वकिल मियाँ, दिपेन्द्र कुमार, कटीका प्रहरी सहायक निरीक्षक कामेश्वर पटेल, जगदिश प्रसाद तेली, लालबाबु बर्नाल, महिला सदस्यहरू मंजु देवी, सुमित्रा देवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन श्रीकान्त बैठाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल