spot_img

13 March ,2026,Friday

हिन्दू पत्रकार संघका पदाधिकारी तथा धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित

अभिलाष गुप्ता

वीरगंज, २९ पुष । वीरगंजस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्साको आयोजनामा जातीय एकता र सामाजिक समरसताको सशक्त सन्देश दिने विशेष सम्मान तथा सामूहिक भोजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य हिन्दू समाजभित्र विद्यमान जातीय भेदभाव अन्त्य गर्दै सबै सनातनीहरूबीच भाइचारा कायम गर्नु रहेको थियो। यही सन्देशलाई व्यवहारमा उतार्दै “जातपातलाई गरौँ बिदाइ, हिन्दू सनातनी भाइ–भाइ बनौँ” भन्ने नारासहित विभिन्न जात, समुदाय र वर्गका व्यक्तिहरूलाई एकै ठाउँमा राखी दही, चिउरा र जलेबीको सामूहिक भोजन गराइएको थियो। सामूहिक भोजनले सामाजिक समानता र एकताको बलियो सन्देश दिएको सहभागीहरूले बताएका छन्।

उक्त अवसरमा नवगठित हिन्दू पत्रकार संघ, नेपालका पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रम हिन्दू सम्राट नेपाल, पर्साका अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रचार–प्रसारमा योगदान पुर्‍याउँदै आएका बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा, रण्जन सिंह, वन्दना शर्मा, रमिता माया गुप्तालगायत धार्मिक अभियन्ताहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन सन्तोष सर्राफ तथा महासचिव प्रज्वल डगोलले संयुक्त रूपमा गर्नुभएको थियो। सहभागी वक्ताहरूले यस्ता कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, समानता र धार्मिक एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमले वीरगन्जसहित सम्पूर्ण मधेश क्षेत्रमा सामाजिक एकता र सनातनी चेतनाको सन्देश फैलाउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल