spot_img

13 March ,2026,Friday

लायन्स क्लब रक्सौलद्वारा महिला आश्रय गृहलाई सिलाई मेसिन र घरायसी सामग्री सहयोग

अभिलाष गुप्ता


रक्सौल, ३० पुष ।  लायन्स क्लब रक्सौलले मकर संक्रान्ति तथा लायन्स इन्टरनेशनलका संस्थापकको जन्मजयन्तीको अवसरमा महिला आश्रय गृह तथा तालिम केन्द्रलाई सिलाई मेसिन तथा विभिन्न घरायसी सामग्री सहयोग प्रदान गरेको छ।

बुधबार कलेज रोड नजिकै शफी कोलोनीमा अवस्थित महिला आश्रय गृह तथा तालिम केन्द्रमा आयोजित कार्यक्रममा लायन्स क्लब रक्सौलका अध्यक्ष लायन बिमल सर्राफको नेतृत्वमा सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, लायन गणेश धनोठिया, लायन डा. सुशील सिंह, लायन हेमन्त अग्रवाल, लायन नारायण रुंगटा तथा लायन अमोद उर्फ दिलीप कुमारको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सिंगर कम्पनीको सिलाई मेसिन स्ट्यान्डसहित न्यानो कम्बल, चुडा, दही, गुड तथा तिलकुट प्रदान गरिएको थियो।
यस अवसरमा बोल्दै अध्यक्ष बिमल कुमार सर्राफले आश्रय गृहमा बसोबास गर्ने असहाय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन प्रदान गरिएको बताए। साथै मकर संक्रान्तिको अवसरमा उनीहरूको जीवनमा खुशी ल्याउने प्रयासस्वरूप खाद्य सामग्री वितरण गरिएको उल्लेख गरे। “सेवा नै सर्वोच्च धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब रक्सौल भविष्यमा पनि यस्ता सामाजिक सेवा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा उपस्थित सबै लायन्स सदस्यहरूले सामाजिक सेवाप्रतिको आफ्नो संकल्प दोहोर्‍याएका थिए।
उक्त अवसरमा स्वच्छ रक्सौलका अध्यक्ष तथा महिला आश्रय गृह तथा तालिम केन्द्रका संस्थापक रञ्जित सिंह र सेवा प्रमुख सबरा खातुनको पनि उपस्थिति रहेको थियो। कार्यक्रमसम्बन्धी जानकारी लायन्स क्लब रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन बिमल सर्राफले सञ्चारकर्मीहरूसँग साझा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल