spot_img

16 January ,2026,Friday

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा ‘सानो पाइला’ संस्थालाई न्यानो कपडा वितरण

अभिलाष गुप्ता

वीरगंज, ०१ माघ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत वीरगंज स्थित ‘सानो पाइला’ नामक सामाजिक संस्थालाई न्यानो कपडाहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा लायन कबिता क्षेत्री, लायन देवन्ती शाहलगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले चिसो मौसममा असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिका र व्यक्तिहरू लाई न्यानो कपडाको सहयोगले जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि समाज सेवामूलक यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

‘सानो पाइला’ संस्थाका प्रतिनिधिहरूले लायन्स क्लबप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले संस्थामा आश्रित बालबालिका तथा सेवाग्राहीहरू लाई ठूलो राहत मिल्ने बताए। कार्यक्रमले समाजमा सहयोग, करुणा र सहकार्यको सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल