spot_img

20 January ,2026,Tuesday

डि.ए.भी. केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिताका तेस्रो दिनको खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०५ माघ ।  डि.ए.भी.केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज सम्पन्न पहिलो दिनका खेलहरूमा रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा मोडर्न स्कूल, परवानीपुरले उत्कृष्ट प्रदर्शन गर्दै क्याम्ब्रिज स्कूल, रक्सौललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मोडर्न स्कूलले खेलभरि दबाब कायम राख्दै सहज जित निकालेको हो ।

उक्त खेलमा मोडर्न स्कूलका सोहेल मियाँले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गोल गरेपछि उनी म्यान अफ द म्याच घोषित भए । त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले कादम्बरी स्कूललाई ३-१ को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलभरि उत्कृष्ट समन्वय र अनुशासित खेल प्रस्तुत गरेको लिटल फ्लावर स्कूलको जितमा महत्वपूर्ण योगदान पुर्‍याएका साभियो घलेले उत्कृष्ट प्रदर्शनका कारण म्यान अफ द म्याच को उपाधि प्राप्त गरे ।

प्रतियोगितामा सहभागी विद्यालयहरूबीच उच्च प्रतिस्पर्धा देखिएको डि.ए.भी.केडिया स्कूलका प्रीन्सिपल राकेश मिश्राले जनकारी दिए। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन र आपसी सद्भाव विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल