27 June ,2026,Saturday

स्व. प्रताप कुमार उपाध्यायको स्मृतिमा बिर्ता माई संरक्षण समितिलाई रु. १ लाख ५ हजार ५०५ सहयोग

वीरगंज, २६ फागुन । वीरगंज महानगरपालिका वडा नं. ४ भगवती टोल निवासी स्वर्गीय प्रताप कुमार उपाध्यायकी धर्मपत्नी सुशीला देवी उपाध्यायले आफ्नो स्वर्गवासी पतिको स्मृतिमा श्री बिर्ता माई संरक्षण समितिलाई रु. १ लाख ५ हजार ५०५ (१०५५०५) सहयोग प्रदान गर्नुभएको छ।

आज मिति २०८२ साल फागुन २६ गते श्री बिर्ता माई संरक्षण समिति अध्यक्ष जगत साह कानुको अध्यक्षतामा बसेको बैठकमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा समितिका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, हरि पोखरेल, मुना खनाल, प्रभु गुप्ता, राजु गुप्ता, सोनु तिवारी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा समितिका अध्यक्ष जगत साह कानुले दाता सुशीला देवी उपाध्यायलाई खादा तथा माला लगाएर सम्मान गर्दै सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले धार्मिक तथा सामाजिक कार्यका लागि गरिएको यस सहयोगले बिर्ता माई मन्दिरको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...