spot_img

21 January ,2026,Wednesday

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ द्वारा पर्सा–१ बाट उम्मेदवारी दर्ता

अभिलाष गुप्ता

वीरगंज, ०६ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सर्राफले देशमा अहिले नेतृत्व परिवर्तनको खाँचो रहेको बताए । युवाहरू वैकल्पिक र नयाँ नेतृत्वको खोजीमा रहेको उल्लेख गर्दै उनले यही अपेक्षालाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारे। देशमा परिवर्तन अपरिहार्य भइसकेको र जनताले अब पुरानै शैलीको राजनीतिभन्दा फरक विकल्प चाहिरहेको उनको भनाइ थियो ।

सर्राफले पर्सा–१ बाट यसअघि पटक–पटक निर्वाचित सांसदहरूले वीरगञ्जको समग्र विकासका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए । उनले वीरगञ्जको ऐतिहासिक र आर्थिक महत्व हुँदाहुँदै पनि यस क्षेत्रको गौरव जोगाउन तथा स्थानीय समस्याहरू समाधान गर्न निर्वाचित प्रतिनिधिहरू असफल भएको दाबी गरे ।

वीरगञ्जको वास्तविक आवाज संसद्मा प्रभावकारी रूपमा उठ्न सकेन,” सर्राफले भने, “खोसिएको गौरव फर्काउन र यहाँका जनताका समस्या राष्ट्रिय तहमा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ।उनले यसअघि निर्वाचित सांसदहरूले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी रङ्गशालाजस्ता महत्वपूर्ण संस्थाको स्तरोन्नतिमा आवश्यक चासो नदेखाएको आरोप लगाए ।

त्यस्तै, वीरगञ्जको लाइफलाइनका रूपमा चिनिने सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रणका विषयमा पनि विगतका जनप्रतिनिधिहरूले कुनै ठोस पहल नगरेको उनको आरोप थियो ।

सर्राफले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै वीरगञ्ज र पर्सा जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल