spot_img

21 January ,2026,Wednesday

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न साउथ जोन र मनकामना विजयी

अभिलाष गुप्ता

वीरगंज, ०६ माघ ।  डि.ए.भी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज प्रतियोगिताको पहिलो दिन दुई वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै जीवन ज्योति स्कूललाई ५–२ गोलको अन्तरले पराजित गरेको छ । खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको साउथ जोन सेकेन्डरी स्कूलले खेलमा पूर्ण नियन्त्रण राख्दै सहज जित हात पारेको हो । उक्त खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा मनकामना सेकेन्डरी स्कूलले मेरीगोल्ड स्कूलसँगको प्रतिस्पर्धात्मक खेलमा टाइ–ब्रेकरमा ८–६ गोल अन्तरले विजय हासिल गरेको छ । निर्धारित समयमा दुवै टोली बराबरीमा रहेपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो । टाइ–ब्रेकरमा मनकामना सेकेन्डरी स्कूलका खेलाडीहरूले उत्कृष्ट धैर्यता र कौशल प्रस्तुत गर्दै जित सुनिश्चित गरेका हुन् । उक्त खेलमा मनकामना सेकेन्डरी स्कूलका अमर कुश्वाहा ले म्यान अफ द म्याच को उपाधि प्राप्त गरे ।

प्रतियोगिताबारे जानकारी दिँदै D. A. V. R. B. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा आपसी सद्भावको विकास हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका आगामी दिनहरूमा थप रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल