27 June ,2026,Saturday

रास्वपा सांसद सुशील साह कानु र युवा नेता सुधिर पटेलद्वारा पर्साका मतदातालाई धन्यवाद

अभिलाष गुप्ता

वीरगंज, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गरेपछि माननीय सांसद सुशील साह कानु तथा युवा नेता सुधिर पटेलले पर्सा जिल्लाका विभिन्न स्थानमा पुगेर जनतासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गरेका छन्।

निर्वाचनमा जनताले दिएको अपार समर्थन र विश्वासप्रति आभार व्यक्त गर्न उनीहरू जनताबीच पुगेका हुन्। भेटघाटका क्रममा उनीहरूले मतदाताहरू, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिँदै आगामी दिनमा जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसद कानुले जनताको साथ र विश्वासले आफूहरूलाई विजय हासिल गर्न सम्भव भएको बताउँदै अब विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले पर्सा जिल्लाको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

यस्तै युवा नेता सुधिर पटेलले पनि निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई धन्यवाद दिँदै जनताको अपेक्षा पूरा गर्न आफूहरू सधैं जनतासँगै रहने बताएका छन्। उनले पर्सा जिल्लामा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए।

भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नव–निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै पर्साको विकासका लागि सक्रिय रूपमा काम गर्न आग्रह गरेका थिए।

रास्वपाका उम्मेदवारहरूले पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा उत्साह देखिएको छ भने जनताले पनि नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...