spot_img

22 January ,2026,Thursday

गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूलद्वारा २० थान डबल बेड हस्तान्तरण

अभिलाष गुप्ता

वीरगंज, ०७ माघ  । गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूल, श्रीपुर, वीरगन्ज–१३, पर्साको पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत २० थान डबल बेड हस्तान्तरण गरिएको छ।

गौतम समाज कल्याण संस्थाका अध्यक्ष गनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २० थान डबल बेड हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्ता लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

हस्तान्तरण कार्यक्रम अन्तर्गत यतीमखाना दारूल यतामा इस्लामिया, छपकैया–२, वीरगन्ज महानगर पालिका, पर्सालाई १५ थान डबल बेड प्रदान गरिएको छ भने बिरगंज बिर्ता स्थित त्रीजुद्द स्कुलमा आवासीय रूपमा सञ्चालित दृष्टिविहीन बालबालिकाहरूको लागि ५ थान डबल बेड हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सचिव रमेश शर्माले सामाजिक सेवाको भावनाले प्रेरित भई संस्था तथा विद्यालयले सहयोग कार्यलाई निरन्तरता दिँदै आएको बताए। उनले भने समाजका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवन सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको हो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने हाम्रो योजना छ।

कार्यक्रममा सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूलप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले आश्रित बालबालिकाहरूको दैनिकीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल