spot_img

23 January ,2026,Friday

सशस्त्र प्रहरी बलको स्थापना दिवसमा बारा–पर्सा सीमावर्ती क्षेत्रमा ऐतिहासिक फ्ल्याग मार्च सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको अवसरमा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा आयोजित फ्ल्याग मार्च बारा जिल्लाबाट पर्सा जिल्लासम्म भव्य रूपमा सम्पन्न भएको छ । देशको सीमा सुरक्षा, राष्ट्रिय एकता तथा सुरक्षाप्रतिको प्रतिबद्धता सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ ।

फ्ल्याग मार्च कार्यक्रमको नेतृत्व सशस्त्र प्रहरी बल नं. १३ गणका गणपति पुरण चन्द भट्टले गरेका थिए । सीमावर्ती क्षेत्र हुँदै सम्पन्न मार्चले सुरक्षा निकायहरूको सतर्कता, अनुशासन र समन्वयलाई प्रत्यक्ष रूपमा उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला ढकालको उपस्थिति रहेको थियो। साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख सन्तोष ढकाल, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका विभिन्न तहका पदाधिकारीहरू र भारतीय सीमा सुरक्षा बल (SSB) का अधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

सीमावर्ती क्षेत्रमा आयोजित फ्ल्याग मार्चले नेपाल–भारत सीमा क्षेत्रमा आपसी विश्वास, सहकार्य र सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। कार्यक्रमले आम नागरिकमा सुरक्षा अनुभूति बढाउनुका साथै सशस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।

देशप्रेम, अनुशासन र राष्ट्रिय सुरक्षाप्रतिको अटल प्रतिबद्धताको प्रतीकका रूपमा सम्पन्न यो फ्ल्याग मार्च सशस्त्र प्रहरी बलको इतिहासमा स्मरणीय क्षणका रूपमा रहने आयोजक पक्षले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल