spot_img

26 January ,2026,Monday

पर्सा–२ बाट जसपाका अशोक कुमार टेमानी चुनावी मैदानमा, आर्थिक विकास र रोजगारी मुख्य एजेन्डा

अभिलाष गुप्ता

वीरगंज, १२ माघ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट अशोक कुमार टेमानीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका टेमानी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष तथा महासंघको केन्द्रीय कार्यकारी समिति सदस्य रहेका टेमानीले उम्मेदवारीसँगै आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनयुक्त राज्य संयन्त्र निर्माणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले भावनात्मक नाराभन्दा व्यवहारिक र संरचनागत सुधारमार्फत क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन्।

उद्योग, व्यापार र निजी क्षेत्रसँग लामो समयदेखि जोडिएका टेमानीले साना तथा मध्यम उद्यमको आधुनिकीकरण, व्यापार सहजीकरण, अन्तरदेशीय ट्रान्जिट समस्याको समाधान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार यस्ता सुधारले पर्सा मात्र नभई समग्र मधेश प्रदेशको आर्थिक गतिविधि तीव्र बनाउन सहयोग पुर्‍याउनेछ।

उद्योग वाणिज्य क्षेत्रमा उनको बलियो अनुभव, व्यापक नेटवर्क र व्यवसायिक सम्बन्धका कारण पर्सा क्षेत्र नम्बर २ का सचेत मतदाता माझ टेमानी वैकल्पिक, सक्षम र विश्वसनीय नेतृत्वका रूपमा स्थापित हुँदै गइरहेका छन्। राजनीतिक रूपमा नयाँ भए पनि स्पष्ट दृष्टिकोण र आर्थिक एजेन्डाका कारण उनको उम्मेदवारीलाई अर्थपूर्ण विकल्पका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल