27 June ,2026,Saturday

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

वीरगंज, १२ चैत्र । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधि पूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ।

परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर प्रमुख सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस प्रकारको पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षा सँग सम्बन्धित निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ।
कार्यक्रममा महानगर पालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।
पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरू को संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।
चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्ति पीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रम हरू आयोजना गरिने परम्परा रहेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...