spot_img

26 January ,2026,Monday

लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १२ माघ । लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

वीरगंज महानगरपालिकाका विभिन्न पाँच स्थानहरू—छपकैया वडा नम्बर १ स्थित छठघाट, जसौली वडा नम्बर २७, गहवा वडा नम्बर ८ को दलित बस्ती, सिरिसिया वडा नम्बर २१ को दलित बस्ती तथा मुर्ली वडा नम्बर १२—मा सञ्चालन गरिएको छनोट शिविरबाट पहिचान गरिएका १५१ जना बिरामीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको हो।

उक्त कार्यक्रमका संयोजक लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाका जीवन निरौलाको समन्वयमा सम्पन्न कार्यक्रममा शाखा प्रबन्धक रोहिणी आचार्य तथा प्रदेश कार्यालयका प्रतिनिधि संजय यादवको विशेष उपस्थिति रहेको थियो। शल्यक्रियाका लागि प्राविधिक सहयोग वीरगंज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी तथा उहाँको चिकित्सक टोलीले प्रदान गरेका थिए।

कार्यक्रमका अवसरमा बैंकका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्तै खालका सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यस किसिमको पहलले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल