spot_img

26 January ,2026,Monday

दुर्घटना न्यूनीकरणका लागि पर्सामा कालो प्लेट सवारी चालकको संयुक्त चेकजाँच

अभिलाष गुप्ता

वीरगंज, १२ माघ । सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ। उक्त अभियान नारायणी अस्पताल वडा प्रहरी कार्यालय श्रीपुर तथा लागुऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीको सहभागितामा सम्पन्न भएको हो।

अभियानअन्तर्गत कालो प्लेटका सवारी साधन सञ्चालन गरिरहेका ८ जना चालकलाई लापसे (Lapse) चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। चेकजाँचका क्रममा सवारी चालकको कागजात, सवारी सञ्चालन अवस्था तथा लागुऔषध प्रयोगसम्बन्धी परीक्षण गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको नेतृत्वमा सम्पन्न भएको उक्त अभियानले सवारी नियम पालना गराउन र सम्भावित दुर्घटनालाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रहरीका अनुसार यस्ता संयुक्त चेकजाँच तथा जनचेतनामूलक अभियान आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ, जसबाट सवारी सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल