spot_img

27 March ,2026,Friday

जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फद्वारा वीरगंज–३२ चोर्नि टोलमा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १३ माघ । जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत चोर्नि टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगंज औद्योगिक नगरी भए तापनि यहाँका युवाहरू बेरोजगार हुनुपरेको र रोजगारीको खोजीमा पलायन हुन बाध्य भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले आफू निर्वाचित भए यस क्षेत्रका एक जना युवा पनि बेरोजगार नरहने गरी रोजगारी र स्वरोजगारका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरार्फले निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ छाप नै एकमात्र विकल्प रहेको दाबी गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गरे। स्थानीय जनताको समस्या, आवश्यकता र विकासका सम्भावनाबारे प्रत्यक्ष संवाद गर्दै उनले जनताको भरोसा नै आफ्नो मुख्य शक्ति भएको बताए।

उक्त कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादव तथा स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सयौँ स्थानीयवासीहरूको सहभागिता रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल