spot_img

30 January ,2026,Friday

कुरौटे होइन, नतिजा देखाउने भिजनरी नेतृत्व आजको आवश्यकता : युवा नेता संजोग सिंह

वीरगंज, १६ माघ । वीरगंज महानगरपालिका–१५ का उदाउँदा युवा नेता, सामाजिक अभियन्ता तथा समाजसेवी संजोग सिंहले आजको राजनीतिमा कुरौटे प्रवृत्तिभन्दा माथि उठेर नतिजा देखाउने भिजनरी नेतृत्व अपरिहार्य भएको बताएका छन्।

हालै राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दै सामाजिक विकासका क्षेत्रमा सक्रिय भएका सिंहले समसामयिक राजनीति र मुलुकको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्दै भने, “आजको आवश्यकता कुन दल वा कुन नेता भन्ने बहसभन्दा माथि उठेर जनताका समस्याको समाधान कसरी गर्ने भन्ने स्पष्ट सोच र कार्ययोजना हो।”

कम बोल्ने तर स्वच्छ छविका धनी सिंहले मुद्दामा आधारित राजनीतिलाई केवल वैकल्पिक अभ्यास मात्र नभई नेपाललाई दीर्घकालीन स्थिरता, आर्थिक समृद्धि र प्रविधिमैत्री शासनतर्फ लैजाने एकमात्र व्यावहारिक बाटो भएको उल्लेख गरे।

उनका अनुसार नेपाल पछिल्ला तीन दशकदेखि राजनीतिक अस्थिरता र विकास अवरोधको चक्रमा फसेको छ। “एकातिर लोकतन्त्र संस्थागत भएको दाबी गरिन्छ, अर्कोतिर आम नागरिक तहमा राजनीतिक निराशा र वितृष्णा दिनप्रतिदिन बढ्दै गएको छ,” उनले भने।

कुनै समय परिवर्तनको नेतृत्व गरेका र ठूलो सम्भावना बोकेका दलहरू आज नेतृत्वको थकान, आन्तरिक निरंकुशता र अस्वस्थ प्रतिस्पर्धामा अल्झिएको सिंहको आरोप छ। विरोध, अवसरवादी गठबन्धन, फुट्ते सोच र पदलोलुप राजनीतिक अभ्यासका कारण दलहरूप्रति जनविश्वास गम्भीर रूपमा घटेको उनले बताए।

यही निराशाको वातावरणमा विशेषगरी युवापुस्ता नयाँ राजनीतिक विचारधाराभन्दा पनि नयाँ राजनीतिक व्यवहारको खोजीमा रहेको सिंहको भनाइ छ। “आजको राजनीति आलोचनामुखी मात्र होइन, सुधार मुखी र समाधानमुखी हुनुपर्छ,” उनले जोड दिए।

नेपाल आज निर्णायक मोडमा उभिएको उल्लेख गर्दै सिंहले पुराना वाचा, अन्त्यहीन भ्रष्टाचार र स्वार्थी नेतृत्वबाट जनता थाकिसकेको बताए। उनका अनुसार जनतामा अबको विकल्प र आशाको केन्द्रका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भरोसा बढ्दै गएको स्पष्ट देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल