spot_img

31 January ,2026,Saturday

नेपाल ईनोभेटिभ सोसाइटी पर्साद्वारा मानवसेवा आश्रम वीरगंजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ माघ । नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम बिरगंजमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आश्रममा आश्रित आमा–बुबाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजित उक्त शिविरमा समग्र स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।

कार्यक्रम नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ऋषि राज सत्यालले गर्नुभएको थियो। शिविरका संयोजक आयसा हुमागाईको विशेष उपस्थिति रहेको कार्यक्रममा मानवसेवा आश्रम बिरगंजका संस्थापक अभियान्ता देवेश गुप्ताले पनि सहभागिता जनाउनुभएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापा तथा चिकित्सकहरू डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवले सेवा प्रदान गर्नुभएको थियो। चिकित्सक टोलीले सहभागीहरूको विस्तृत स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएका थिए।

शिविरमा विभिन्न रोगसम्बन्धी औषधिहरू समेत निशुल्क वितरण गरिएको थियो। मानसिक स्वास्थ्यसम्बन्धी औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोब लगायतका आवश्यक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ।

स्वास्थ्य जाँचका क्रममा केही सहभागीमा आङ खस्ने समस्या, स्तनमा गाँठो देखिने समस्या, योनिमा घाउ, पिसाब चुहिने समस्या तथा पाठेघरसम्बन्धी समस्या देखिएको चिकित्सक टोलीले जानकारी दिएको छ। ती समस्याहरूका लागि आवश्यक परामर्श तथा उपचार प्रक्रिया सम्बन्धी सुझाव प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले समाजका पछाडि परेका, असहाय तथा आश्रममा आश्रित नागरिकहरूको स्वास्थ्यप्रति संस्थाको गहिरो चासो रहेको बताउनुभयो। उहाँले भन्नुभयो मानवसेवा आश्रममा आश्रित आमा–बुबाहरू हाम्रो समाजका अमूल्य अभिभावक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य सुरक्षामा सानो भए पनि योगदान गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। आगामी दिनमा पनि यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनेछौं।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले मानवसेवा आश्रमका आश्रितहरूको स्वास्थ्यप्रति सहयोग पुर्‍याउन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत समाजसेवामूलक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल