spot_img

31 January ,2026,Saturday

मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा मारवाडी प्रिमियर लिग (MPL) सिजन–३ को खेलाडी अक्सन भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ माघ । मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग (MPL) सिजन–३ अन्तर्गत आयोजना गरिएको खेलाडी अक्सन (Player Auction) कार्यक्रम शुक्रबार वीरगंजस्थित होटेल क्लार्क्स रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।

१० वटा टिमको सहभागितामा सञ्चालन हुने MPL सिजन–३ आगामी फागुन २९ गतेदेखि चैत १० गतेसम्म (March 13–24) आयोजना हुने आयोजकले जानकारी दिएका छन्। उक्त अक्सन कार्यक्रममा विभिन्न टिमका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो भने अक्सन प्रक्रिया मार्फत लिगका लागि आवश्यक खेलाडीहरूको छनोट औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रमका सभापतिहरूमा जय प्रकाश खेतान र अनोज रुंगटा रहनुभएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, अनुसन्धान एसपी सन्तोष दुंगेल तथा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख सिंहले क्रिकेटजस्ता खेलकुद प्रतियोगिताले युवालाई अनुशासित, ऊर्जावान् तथा सकारात्मक सोचतर्फ अग्रसर गराउने बताउनुभयो। उहाँले मारवाडी प्रिमियर लिगले वीरगञ्जमा क्रिकेटको विकास, खेल प्रतिभाको पहिचान र खेल संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

आयोजक संस्थाहरूले खेलकुदमार्फत युवालाई सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र सद्भावको भावना विकास गराउने उद्देश्यले MPL सिजन–३ आयोजना गरिएको जनाएका छन्। यस सिजनको प्रतियोगिता अझ प्रतिस्पर्धात्मक, अनुशासित र रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल