spot_img

1 February ,2026,Sunday

वीरगंज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न: जसपाका केन्द्रिय सदस्य अन्सारीले पनि रोजे एमाले

वीरगंज, १७ माघ । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।मूर्लीस्थित मुर्ली पोखरि पसिरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख तथा जसपाका केन्द्रिय सदस्य नेक महमद अन्सारी ,जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु ,मुस्तकीम हवारीलगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पर्सा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार प्रदीप यादव, एमालेका केन्द्रिइ सदस्य तथा वीरगन्ज महानगरका पूर्वमेयर विजय सरावगी लगायतकाले अबीरटीका लगाउँदै गम्हाल परिर्याएर पार्टीमा स्वागत गरे ।

त्यसअवसरमा एमाले उम्मेदवार यादवले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्यलाई आत्मसात गर्दै एमालेमा प्रवेश गरेकाहरुको पार्टीले उच्च मुल्यांकन गर्ने बताए । यसले एमालेको अभियानलाई अझ बलियो बनाएको भन्दै यादवले सामूहिक प्रयास, एकता र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अघि बढ्न हौसला मिलेको बताए ।

उक्त कार्यक्रममा प्रर्वप्रदेश सभा सदस्य जन्नत अन्सारी, नेताहरु इश्वरचन्द्र यादव, लियाकत अली, मानदेव हजरा लगायतकाकोपनि सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल