spot_img

2 February ,2026,Monday

वीरगंज कपडा बैंक द्वारा आगलागी पिडितलाई सहयोग प्रदान

अभिलाष गुप्ता

वीरगंज, १८ माघ । वीरगंज कपडा बैंकले आज पकहामैनपुर गाउपालिका ४ सामपुर भेलाहाका आगलागी पिडितलाई बैंकको कार्यालय वीरगंजमा आइतबार एक कार्यक्रम गरि सहयोग गरेको छ । गत पौष महिनामा भिमल साह गोढको घरमा लागेको आगोले घर एवं सम्पुर्ण अन्न लताकपडा भाडाकुडा नगद गरगहना लगायत जलेर खरानी भएको दुख्दायी खबर प्राप्त भएपछी वीरगन्ज कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख आतिथ्य एवं अध्यक्ष लालबाबु सिंहले पिडितका छोरा मेवालाल साह गोढ र पन्नालाल सह गोढलाई वीरगन्ज कपडा बैंकको कार्यालय वीरगंज ८ मा बोलाएर सहयोग हस्तान्तरण गरेको सचिव कन्हैया पटेलले बताएका हुन ।

सो सहयोगमा २ बोरा चामल,३ थान कम्बल, ३ थान तन्ना २ थान तकिया, म्याट एवं नया पुराना साडी, कुर्ता सुरुवाल, शाल स्वेटर, सर्ट पाइन्ट,ज्याकेट चिटर, बच्चाहरु को कपडाहरु २ बोरा र १ हजार १ सय नगद रहेको छ ।

सो अवसरमा वीरगंज कपडा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार समाजसेवी बरुण चौरसिया, सदस्यहरु नवराज भट्टराई, अभिलाष गुप्ता, राज सराफ लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा संरक्षक अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामिसित निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन वीरगंज-८ मा अवस्थित कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा एवं आगलागी बाढी आपत बिपतमा परेकाहरुको घर सम्म पुगेर निशुल्क कपडा वितरण गर्दै आइरहेको बताउदै आपत बिपतमा परेकाहरुको सेवा सहयोग हामी सबैले गर्नु पर्दछ यो नै हामी मानवको धर्म हो कर्म हो भन्दै कपडा बैंकको अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरु लाइ धन्यवाद दिदै पीडितको सबैले सहयोग गर्न आग्रह गरेका थिए ।

सो अवसरमा वीरगंज कपडा बैंकका अध्यक्ष सिंहले आगलागी जस्तो दुख्दायी घटनाले पुरै घरनै जलेको र केही पनि बाचेन केवल रोदनयुक्त अनुहार बचेको थियो जसले आँसु झार्दै बिनाशब्दले मानवता बचाउन गुहार गर्दै थियो । सो बाट पुगेको क्षति कम गर्न परिवारलाइ पुग्ने न्यानो कम्बल कपडाहरु,खाद्यान्न र केही नगदको ब्यवस्थापन गरेका छौ ।

घरमा रहेको नगद लत्ताकपडा गरगहना पनि जलेको ले पिडितजनको स्थानिय गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधिहरुको साथै अन्य सहयोगी हातहरु सबै मिलेर सहयोग गरेर मानवता बलियो बनाउनुस भनी आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल