वीरगंज, १८ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर–२ भित्र पर्ने ७ वटा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा र सुझावहरू ध्यान पूर्वक सुनेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाहरू ले विकास निर्माण, आधारभूत सेवा–सुविधा, रोजगारी, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा र अपेक्षाहरू प्रस्तुत गरेका थिए।
उम्मेदवार टेमानीले स्थानीयको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए। साथै, उनले विकास र सुशासनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
आयोजकका अनुसार उक्त घरदैलो कार्यक्रम शान्त, मर्यादित र सामान्य वातावरणमा सम्पन्न भएको थियो।







