spot_img

3 February ,2026,Tuesday

पर्साको बी.पी. उत्थान घण्टाघर संग्रहालय परिसरमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज,  १९ माघ । जिल्ला पर्सा अन्तर्गत बी.पी. उत्थान घण्टाघरस्थित संग्रहालय परिसरमा आज सोमबार बृहत वृक्षरोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रम वीरगंज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दहाल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी मोहन क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, नगर प्रहरी, सामुदायिक प्रहरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै सहभागीहरूले वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भविष्यप्रतिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,हरियाली बिना स्वस्थ जीवन सम्भव छैन। आज रोपिएको एउटा बिरुवाले भोलि पुस्तालाई स्वच्छ हावा, छायाँ र जीवन दिनेछ। वीरगंज महानगरपालिकाले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।

त्यसैगरी अध्यक्ष प्रकाश खेतानले सामुदायिक सहभागितामार्फत हरियाली अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वृक्षरोपणसँगै संरक्षणमा पनि सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमले स्थानीय समुदायमा वातावरणप्रति सचेतना बढाउनुका साथै हरियाली शहर निर्माणतर्फ महत्वपूर्ण सन्देश दिएको आयोजकले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल