वीरगंज, १९ माघ । एटिमी फुलकन्ट्याक्ट कराते संघका राष्ट्रिय अध्यक्ष तथा कराते गुरु राजकुमार महतोको जन्मदिन सोमबार पर्सा जिल्लाको खेलकुद प्राङ्गणमा भव्य रूपमा मनाइएको छ।
कार्यक्रममा एटिमी फुलकन्ट्याक्ट करातेमा आबद्ध बालबालिकाहरूले केक काटेर, फूलमाला अर्पण गर्दै तथा शुभकामना व्यक्त गर्दै गुरुको जन्मदिन मनाएका थिए। सो अवसरमा कराते खेलको महत्व, अनुशासन र खेलकुदमार्फत बालबालिकाको शारीरिक तथा मानसिक विकासबारे पनि चर्चा गरिएको थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष महतोले बालबालिकाको उत्साह र माया देखेर आफू भावुक भएको बताए। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम सिकाउने उल्लेख गर्दै आगामी दिनमा कराते खेलको प्रवर्द्धनका लागि थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय खेलप्रेमी, प्रशिक्षक तथा अभिभावक हरूको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले पर्सा जिल्लामा कराते खेलप्रति बढ्दो आकर्षणलाई उजागर गरेको छ।














