spot_img

3 February ,2026,Tuesday

असफल ठानिएका कामलाई सफल बनाउने नेतृत्वको कदर: ग्रिनसिटी अध्यक्ष जय प्रकाश खेतान सशस्त्र प्रहरीद्वारा सम्मानित

अभिलाष गुप्ता

वीरगंज, २० माघ । वीरगंजमा असम्भव मानिएका कामहरूलाई छोटो अवधिमै सम्भव बनाएर उदाहरणीय नेतृत्व प्रस्तुत गरेको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान सम्मानित हुनुभएको छ।

   वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा सरसफाइ, हरियाली प्रवर्द्धन तथा मैत्री पुल क्षेत्रको सीमा सौन्दर्यकरण अभियानमा संयोजकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले खेतानलाई सम्मान गरेको हो। उक्त अभियानमा वीरगंज महानगरपालिकाको समेत सक्रिय सहकार्य रहेको थियो।

वातावरणमैत्री शहर निर्माणमा खेतानले पुर्‍याएको योगदानको कदर गर्दै तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले प्रशंसा–पत्रमा हस्ताक्षर गर्नुभएको थियो। तर सो समयमा अध्यक्ष खेतान मुलुक बाहिर रहेका कारण सम्मान तत्काल हस्तान्तरण हुन नसकेको जनाइएको छ।

हालै पर्साका नवनियुक्त सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले खेतानलाई दोसल्ला ओढाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। सम्मान कार्यक्रममा उपरीक्षक क्षेत्रीले खेतानको नेतृत्व क्षमता र समाजसेवा प्रतिको सक्रियताको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि वातावरण संरक्षण तथा सामाजिक सेवामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल