spot_img

4 February ,2026,Wednesday

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवलाई जिताउन जेनजी समूहका युवा–विधार्थीहरुले देखाए एकजुटता

वीरगंज, २१ माघ ।  पर्सा क्षेत्र नम्बर १ का जेनजी युवा र विधार्थीहरुले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई जिताउन एकजुट भएर लाग्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।

वीरगंजमा बुधबार साँझ भएको अनौपचारिक कार्यक्रममा सहभागी पर्सा क्षेत्र नम्बर १ का विभिन्न वडाका युवा र विद्यार्थीहरुले एमाले उम्मेदवार यादवलाई समर्थन जनाउँदै फागुन २१ को निर्वाचनमा जिताउन दिलोज्यानले लाग्ने भन्दै सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

एमाले उम्मेदवार यादवसंगै वीरगंज महानगरका मेयर राजेशमान सिंहसमेत सहभागि उक्त कार्यक्रममा सहभागी युवाहरूले यादवलाई जनताको नेता भएको भन्दै विगतमा जनहितमा गरेको कामको प्रशंसा गरे । उनिहरुले चुनावका बेला देखिने मौसमी नेता नभई अहिले एमालेका उम्मेदवार यादव हरेक दुखसुख र विपतमा जनताको माझमा रहने नेता भएकाले आँफुहरुले समर्थन जनाएको बताए ।

छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा भएको सडक निर्माण यादवकै पहलमा भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेता रूपमा चित्रण गरे । “हामीले हाम्रो मत र समर्थनले उहाँलाइ फेरि पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ,” उनले भने ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले आफू चुनावको मौसमी नेता नभई जनताको सुख, दुख र विपद्मा सधैँ बिचमा रहने नेता भएको बताए । उनले विगतमा गरेका कामहरूले आफ्नो दाबीलाई प्रमाणित गरेको उल्लेख गर्दै, खानेपानीको अभाव, हैजा र कोरोना महामारीको समयमा जनताको सहयोगमा निरन्तर काम गरेको स्मरण गराए ।

यादवले युवाहरूको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार ल्याउन निरन्तर काम गर्दै आएको बताए । उनले भने, “मेरो उद्देश्य केवल निर्वाचन जित्नु होइन, तर पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो । युवाहरू हाम्रो समाजको भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछु ।”

कार्यक्रममा वीरगंज–५ का वडाध्यक्ष प्रदीप चौरसिया, एमालेका अग्रज नेताहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल