अभिलाष गुप्ता
वीरगंज, २५ माघ । विद्यार्थीहरूको क्षमता, प्रतिभा र सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित विद्यार्थी महोत्सव 2026 वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका संयोजक रोशन गुप्ताका अनुसार, यो महोत्सव विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणतर्फ केन्द्रित एक महत्वपूर्ण पहल हो।
Himalayan White House International College द्वारा प्रस्तुत तथा Presidential Graduate School को सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम AECC Global सँगको एसोसिएसनमा सम्पन्न भएको हो। कार्यक्रममा Gurukul CA ले को–स्पोन्सरको रूपमा सहयोग गरेको थियो भने Uniglobe College मुख्य स्पोन्सरका रूपमा रहेको थियो।
संयोजक रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न यस ऐतिहासिक विद्यार्थी महोत्सवमा करिब १,५०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा शैक्षिक मार्गदर्शन, प्रेरणादायी सत्र, करियर विकाससम्बन्धी छलफल तथा विविध सांस्कृतिक प्रस्तुतीकरणहरू प्रस्तुत गरिएका थिए, जसले विद्यार्थीहरूलाई आत्मविश्वास र नयाँ सम्भावनातर्फ उन्मुख गराएको आयोजकहरूको भनाइ छ।
विद्यार्थी महोत्सवलाई सफल बनाउन आयोजक टिमको महत्वपूर्ण भूमिका रहेको थियो। मुख्य टिम सदस्यहरूमा प्रकाश कर्ण, रामबिनय यादव, आलोक यादव, आलोक ठाकुर तथा महावीर रजक रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरबिन्द लाल कर्ण सहभागी थिए भने विशिष्ट अतिथिहरूमा डा. प्रीती यादव, कमल चौगाइँ, अरबिन्द श्रेष्ठ, प्रकाश कर्ण, आलोक ठाकुर, अंकित चौरसिया लगायतको उपस्थिति रहेको थियो।
आयोजक समितिका अनुसार, विद्यार्थी महोत्सव 2026 केवल एउटा कार्यक्रम मात्र नभई विद्यार्थीहरूको समग्र विकास, आत्मविश्वास वृद्धि र अवसर पहिचानका लागि गरिएको साझा प्रयास हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सक्षम, प्रतिस्पर्धी र भविष्यप्रति आशावादी बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।








