spot_img

10 February ,2026,Tuesday

पर्सा १ मा पूर्वमन्त्री यादवलाई जिताउन महिला नेतृहरु सक्रिय, अखिल नेपाल महिला संघको भेला सम्पन्न

वीरगंज, २६ माघ । अखिल नेपाल महिला संघ पर्साको भेला आज वीरगंजमा सम्पन्न भएको छ । भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने अभियानअन्तर्गत आयोजना गरिएको हो । भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि नेकपा एमालेको विजय आवश्यक रहेको बताइन् । उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन् । “एमालेले महिलाको हकहितका लागि नीति र व्यवहार दुवै तहमा काम गरेको छ, त्यसैले अबको निर्वाचनमा महिलाहरू एकजुट भएर एमालेका उम्मेदवारलाई जिताउन अग्रसर हुनुपर्छ,” उनले भनिन् ।

भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए। उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरेका छन् ।

अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर एमालेका उम्मेदवार यादवलाई जिताउन अभियान सञ्चालन गर्ने जानकारी गराइन् । उनले महिलाहरूको एकता र सक्रियताले पर्सा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् ।

भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल