26 June ,2026,Friday

निर्वाचन क्षेत्रमै रास्वपाको सांसदको सचिवालय

वीरगंज, २७ चैत । चुनाव जितेर गएपछि सांसदहरू राजधानीतिरै हराउने र जनताबाट टाढा हुँदै जाने प्रवृत्तिलाई चिर्दै पर्सा क्षेत्र नं. १ का सांसद एवं रास्वपा पर्सा सभापति हरि पन्तले वीरगंजमा निजी सचिवालय खोलेका छन ।

 
पर्सा–१ का अगुवा नेताहरूको उपस्थितिमा बिहीवार सांसद पन्तले निजी सचिवालयको उदघाटन गर्दै वीरगंज बाहिर रहँदा पनि आफ्नो क्षेत्रको आम जनतालाइ कुनै पनि किसिमको गार्हो–सार्हाे एवं कठिनाइ पर्दा सम्पर्क गर्न सकिने बताए ।
उनले आफनो सहयोगी सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टिम घोषणा गरिने बताउँदै टिमले  पूर्णता पाएसंगै सबैको नाम र  मोबाइल नम्बर आम जनतामा सार्बजनिक गरिने समेत बताए ।
 
सांसद पन्तले अब जनताले प्रत्यक्ष रूपमै परिवर्तनको अनुभुति हुने गरि काम गर्न सबै सरकारी कार्यालयहरूमा निर्देशन दिइसकेकोले कहि पनि बिनाकारण ढिला सुस्ती नहुने र भए सचिवालयबाट सार्वजनिक हुने टिमको नम्बरमा जानकारी गराउन अनुरोध समेत गरे ।
 
उदघाटन कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिब सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, नेताहरू युबराज पटेल, दीपेन्द्र मण्डल, राम बाबू सिंह, महबुब आलम सगिर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पुर्ण सापकोटा, सम्साद आलम, सन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेललगायत १९ वटै वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थिति थियो । कार्यक्रम सञ्चालन कृष्ण पासवानले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...