24 June ,2026,Wednesday

नेशनल प्याब्सन विद्यालय प्रिमियर नकआउट २०८२ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

अभिलाष गुप्ता

वीरगंज, ०४ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपालद्वारा आयोजित “एनप्याब्सन विद्यालय प्रिमियर नकआउट–२०८२” अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता दीप प्रज्वलन गरी उद्घाटन गरिएको छ।

नेशनल प्याब्सन पर्सा जिल्ला समितिको आयोजनामा तथा वीरगंज महानगर समितिको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रम पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, केन्द्रीय सचिव ईन्द्रदेव साह, केन्द्रीय सदस्य मोतिबुल, बारा जिल्ला अध्यक्ष प्रभुलाल कुशवाहा, वीरगञ्ज महानगर अध्यक्ष सोनालाल पटेल, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, हिसानका मुकेश गुप्ता, राजेश लिम्बु, उत्तम गुप्ता, रवि साह लगायत को उपस्थिति रहेको थियो।

खेल सुरु हुनुअघि नौ विद्यालयले मार्चपास प्रस्तुत गरेका थिए। मार्चपास प्रतियोगितामा विधा सागर प्रथम, एन्जल वर्ड द्वितीय तथा लर्डबुद्ध तृतीय भए। विजेता विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता वीरगंजस्थित आदर्शनगर रंगशालामा सुरु भएको हो। प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगिताका संयोजक लालबहादुर गुरुङ रहेका छन्।

पहिलो दिनका खेल परिणाम

पहिलो खेलमा सिद्धार्थ एकेडेमीले टस जितेर पहिले ब्याटिङ गर्दै तीन विकेट गुमाई ८५ रन बनायो। पर्सा ईश्वरले ५२ रनमै पाँच विकेट गुमायो। सिद्धार्थ एकेडेमी ३४ रनले विजयी भयो। खेलको उत्कृष्ट खेलाडी हिमान्सु सराफ घोषित भए।दोस्रो खेलमा शान्ति निकेतनले टस जितेर पहिले ब्याटिङ गर्दै छ विकेट गुमाई ६७ रन बनायो। ब्राइट पब्लिक स्कुलले पाँच विकेट गुमाई ६८ रन बनाउँदै एक रनले जित हात पार्‍यो। खेलको उत्कृष्ट खेलाडी प्रिन्स यादव घोषित भए।

अन्तरविद्यालय स्तरमा खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीमा खेलप्रति उत्साह बढाएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...