spot_img

16 February ,2026,Monday

पर्सा–३ मा एमालेको ‘डबल इन्जिन’ रणनीति : जयसवाल ‘गेमचेन्जर’, पाण्डेको पक्षमा बलियो बन्दै माहोल

वीरगंज, ०४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) को चुनावी अभियान थप सशक्त र व्यवस्थित बन्दै गएको छ। युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा पार्टीभित्र देखिएको एकता, ऊर्जा र रणनीतिक परिचालनले चुनावी समीकरण नै बदल्ने संकेत गरेको छ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पाण्डेलाई विजयी गराउन प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रमोद जयसवालको सक्रिय भूमिका ‘गेमचेन्जर’ का रूपमा हेरिएको छ। क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका जयसवालले अभियानलाई योजनाबद्ध, परिणाममुखी र जनकेन्द्रित बनाउँदै लगेका छन्।

गाउँ–टोल केन्द्रित भेटघाट, घरदैलो कार्यक्रम, जनता दर्शन तथा कार्यकर्ता प्रशिक्षणमार्फत अभियानलाई गतिशील बनाइएको छ । जयसवालले हरेक कार्यक्रम मा पाण्डेलाई परिवर्तनका संवाहक र भरोसायोग्य युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पाण्डेले अघि सारेका पूर्वाधार विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा–स्वास्थ्य सुधारका एजेन्डाले युवावर्ग, व्यवसायी र शिक्षित समुदायमा आकर्षण बढाएको एमालेको दाबी छ।

एमालेले पाण्डेको युवा ऊर्जा र जयसवालको अनुभवलाई ‘डबल इन्जिन’ रणनीतिका रूपमा अघि सारेको छ। चुनावी माहोल तात्दै जाँदा एमालेभित्रको एकता र संगठित प्रचारशैलीले पर्सा–३ मा नयाँ राजनीतिक सन्देश दिएको देखिन्छ। अब हुने मतदानले क्षेत्रको राजनीतिक दिशा तय गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल