26 June ,2026,Friday

हनुमान जन्मोत्सवमा वीरगंजमा भव्य शोभा यात्रा

वीरगंज, २१ चैत्र । श्री हनुमान जन्मोत्सवको पावन अवसरमा वीरगंजमा भव्य तथा ऐतिहासिक शोभा यात्रा निकालिएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगंजको आयोजनामा हरेक वर्षझैं यस वर्ष पनि भव्य रूपमा शोभा यात्रा निकालिएको हो।

दिउँसो २ बजे वीरगंजको घण्टाघरबाट शुरू भएको शोभा यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छपकैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल तथा गहवा हुँदै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।

शोभा यात्रामा वीरगंज महानगरपालिकाका विभिन्न वडाबाट निकालिएका बाजागाजा सहितझाँकी तथा टोलीहरूको उल्लेखनीय सहभागीता रहेको थियो। हजारौंको संख्यामा भक्तजनहरू सहभागी भई धार्मिक आस्था, भक्ति र उत्साह प्रकट गरेका थिए।

कार्यक्रमलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ। साथै, शोभा यात्राको सुरक्षा व्यवस्थापनका लागि वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरी,सशस्त्र प्रहरीबल एवं सुरक्षा निकायहरूले विशेष सतर्कता अपनाएका थिए।

पर्सा जिल्लाभर रहेका विभिन्न हिन्दू संघसंस्था, क्लब तथा धार्मिक संस्थाहरूले समेत आ–आफ्नो क्षेत्रमा शोभा यात्रा निकाल्दै हनुमान जन्मोत्सव भव्य रूपमा मनाएका छन।

गर्मी मौसमलाई मध्यनजर गर्दै सहभागी भक्तजनहरूको सुविधाका लागि यात्राका विभिन्न स्थानहरूमा खानेपानी, चिसो पानी, जुस, सरबत तथा बिस्कुटलगायतका सामग्रीहरूको व्यवस्था गरिएको थियो। समग्रमा,यस वर्षको हनुमान जन्मोत्सव वीरगंजमा भव्य, शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...