spot_img

5 April ,2026,Sunday

विद्यार्थी परिषदद्वारा प्रिया मल्लिक र डा. शशि भूषण कुमारको भव्य अभिनन्दन

हाजीपुर, ०५ फागुन । मानवाधिकार टुडे र अखिल भारतीय विद्यार्थी परिषद, नगर इकाई हाजीपुरको संयुक्त आयोजनमा हाजीपुरस्थित लक्ष्मी विलास होटलमा अभिनन्दन तथा विचार गोष्ठी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य विषय “बिहारको सांस्कृतिक विकासमा कलाकार र पत्रकारको भूमिका” रहेको थियो।

कार्यक्रममा बिहारकी उदीयमान बलिउड गीतकार प्रिया मल्लिक तथा लेखक पंकज नारायण प्रमुख अतिथिका रूपमा सहभागी थिए। सार्क देशका सांस्कृतिक संवाहक डा. शशि भूषण कुमारले अतिथिहरूलाई अंगवस्त्र, मायाको चिनो (मोमेन्टो) र पुष्पगुच्छ प्रदान गरी स्वागत गरेका थिए। स्वागत गीत तथा दीप प्रज्वलनसँगै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।

विषय प्रवेश गराउँदै व्याख्याता डा. रजनीश कुमारले बिहारको आफ्नै मौलिक सांस्कृतिक पहिचान रहेको उल्लेख गर्दै शिक्षा, कला, गीत–संगीत, लोकनृत्य र नाटकजस्ता विधामा यसको ऐतिहासिक योगदान स्मरण गराए। उनले कलाकार र पत्रकारलाई संस्कृति निर्माणकर्ता र संवाहकको रूपमा चित्रित गरे।

लेखक पंकज नारायणले बिहारी संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै समाजमा महिला सुरक्षाको सवाल, ग्रामीण क्षेत्रको शहरीकरण र ज्येष्ठ नागरिकप्रतिको सम्मानमा युवापुस्तामा देखिएको कमीबारे धारणा राखे।

मुख्य अतिथि प्रिया मल्लिकले भोजपुरी गीतमा बढ्दो अश्लीलताप्रति चिन्ता व्यक्त गर्दै बिहारको संस्कृति जोगाउन लोकगीत तथा पारिवारिक गीतलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले “संस्कार र स्व्याग”को मिश्रण शैलीमा आफ्ना गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्। साथै, आगामी २२ भाषामा दिल्लीको तालकटोरा स्टेडियममा श्रद्धेय अटल बिहारी वाजपेयीको जन्मजयन्तीका अवसरमा विशेष प्रस्तुति दिने जानकारी दिइन्।

कार्यक्रमका अध्यक्ष डा. शशि भूषण कुमारले लोकतन्त्रको पहिलो धरतीको रूपमा चिनिने क्षेत्रको मातृभाषा बज्जिकाको महत्वबारे चर्चा गर्दै प्रिया मल्लिकलाई बज्जिका भाषामा पनि गीत गाउन आग्रह गरे। प्रिया मल्लिकले चाँडै नै बज्जिका भाषामा गीत प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रसिद्ध गायक कुन्दन कृष्णले स्वागत गीत प्रस्तुत गरी उपस्थित सबैको मन जिते भने कविता कुमारीले पनि सांगीतिक प्रस्तुति दिइन्। विद्यार्थी परिषदका युवा नेता आदिल परवेजले बिहारी युवालाई आफ्नै सांस्कृतिक पहिचान अपनाउन आह्वान गरे।

कार्यक्रममा आदित्य मिश्रा, सरिता, आयुष, युवराज, राजनन्दिनी, अञ्जली, हिमांशु, विक्की, सौरभ सहनीलगायत परिषदका कार्यकर्ताको उपस्थिति रहेको थियो। नन्हा कलाकार दिव्यांशले दीप प्रज्वलन मन्त्र उच्चारण गर्दै कार्यक्रमलाई विशेष बनाएका थिए। कार्यक्रमको सञ्चालन डा. शिव बालक राय प्रभाकरले गरेका थिए भने धन्यवाद ज्ञापन डा. अमर आलोकले व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल