spot_img

18 February ,2026,Wednesday

चुनावैपिच्छे दल फेर्दै आएका बसरुद्दिनको प्रवेशले कांग्रेसमा बिद्रोहको संकेत

वीरगंज, ०६ फाल्गुन । चुनाव पिच्छे दल फेदैं आएका मेडिकल व्यवसायी तथा एमालेका पूर्व केन्द्रिय सदस्य बसरुद्दिन अन्सारीको नेपाली कांग्रेसमा प्रवेशले वीरगन्ज महानगरमा कांग्रेस पार्टीभित्रै बिद्रोह हुने आकलन गर्न थालिएको छ ।

पर्सा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार अनिल रुंगटाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट महानगरको मेयरमा टिकट दिने वाचागरेपछि मात्रै अन्सारी कांग्रेसमा प्रवेश गरेको कांग्रेसकै नेताकार्यकर्ताहरु बताउँछन् ।

यसअघि माघ ६ गते मनोनयन अघि एमालेले पर्सा–१ बाट टिकट नदिएपछि आक्रोशित अन्सारी आँफैले सञ्चारकर्मीहरुसंगको कुराकानीका क्रममा ‘जस्ले मेयरको टिकट दिन्छ त्यहि पार्टीमा प्रवेश गर्छु ’ भनेका थिए । उनले त्यतिबेलै भनेका थिए,‘ आगामी स्थानीय तहको निर्वाचनमा जुन सुकै पार्टीबाट भएपनि वीरगन्जको मेयरमा चुनाव लड्छु ।’ त्यति बेला अन्सारी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको र रास्वपाबाटै मेयरमा चुनाव लड्ने चर्चापनि चलेको थिए।

माथि उल्लेख विगतको अन्सारीको भनाईले अहिले कांग्रेसमा उनको प्रवेशले आगामी निर्वाचनमा कांग्रेसबाट मेयर पदमा चुनाव लड्ने पक्कापक्की भएरनै उनि कांग्रेसमा प्रवेश गरेको आकलनलाई बल पुगेको देखिन्छ ।

जसका कारण वीरगन्ज महानगरमा कांग्रेसभित्रैबाट बिद्रोह हुने सम्भावनालाई पनि प्रबल बनाएको देखिन्छ । कारण , कांग्रेसबाट वीरगन्ज महानगरको मेयर पदका आंकाक्षी अन्य नेताहरु छन् । उनिहरुलाई पाखा लगाउँदै अन्सारीले मेयर पदको टिकट पाउने चर्चा पार्टीभित्रै चलेपछि कांग्रेसमा बिद्रोह हुने देखिन्छ । पार्टीमा दशकौंदेखि योगदान दिदैं आएका नेतालाई पाखा लगाएर पदका लागि चुनावै पिच्छे दल फेर्दै आएका अन्सारीलाई कांग्रेसले मेयर पदको टिकट दिने हो भने त्यसले बिद्रोह कसैले रोक्न नसक्ने पर्सा–१ का एक कांग्रेस नेताले बताए ।

ती नेताले भने,‘ अन्सारी पदका लागि जे पनि गर्न तयार हुने व्याक्ति हुन् । मेडिकल कलेजको लाइसेन्स लिने बेला उनको परिवार कांग्रेसी थियो । उद्घाटनका बेला तत्कालीन एमाले नेता माधव नेपाललाई बोलाएर मेडिकल कलेजको उद्घाटन गराए । त्यसपछि माओवादीमा प्रवेश गरेर अन्सारी सांसदमा लडे । अर्को चुनावमा एमालेबाट मेयरमा लडे । अहिले एमालेले टिकट नदिएपछि रास्वपामा जाने हल्ला आँफैले चलाए । आज कांग्रेसमा प्रवेश गरेर मेयरमा लड्छु भन्दैछन् ।यस्ता अवसरवादीलाई यदि कांग्रेसले मेयर पदको आश्वासन दिएर प्रवेश गराएको भन्ने सुनिदैछ । यसले कांग्रेसमा ठूलो असन्तोष पैदा भएको छ ।’

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल