spot_img

18 February ,2026,Wednesday

रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, पर्सा–३ मा एमाले उत्साहित

वीरगंज, ०६ फाल्गुन । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिकामा नेकपा (एमाले) द्वारा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोललाई थप तातो बनाएको छ।

एमालेका युवा तथा भरोसायोग्य उम्मेदवारका रुपमा स्थापित रूपेश कुमार पाण्डेको पक्षमा स्थानीयस्तरमा देखिएको जनसमर्थनले पर्सा–३ को चुनावी समीकरण परिवर्तनतर्फ उन्मुख भएको संकेत दिएको छ। घरदैलोका क्रममा उम्मेदवार पाण्डेले गाउँ–गाउँ पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा किसानहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरेका थिए।

स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पाण्डेको भिजनप्रति खुलेर समर्थन जनाएका छन। मतदाताहरूले अबको निर्वाचन परिवर्तनको पक्षमा हुने स्पष्ट संकेत दिएका छन।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले फागुन २१ गते सूर्य चिन्हमा मतदान गर्दै एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेलाई विजयी गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन।

पर्सा–३ मा युवा नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको छ। विगतका असन्तुष्टि र विकासको अपेक्षाबीच मतदाताहरूले नयाँ ऊर्जा र स्पष्ट योजनासहितको नेतृत्व खोजिरहेका छन्। यस सन्दर्भमा रूपेश पाण्डे परिवर्तनका संवाहकका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

जनता दर्शन कार्यक्रममार्फत प्रत्यक्ष संवादको शैली अपनाउँदै एमालेले संगठनात्मक एकता र जनआधार दुवै मजबुत बनाएको सन्देश दिएको छ। स्थानीय मतदाताहरूले दिएको साथ, समर्थन र आशिर्वादले पर्सा–३ मा यसपटक परिवर्तन निश्चित रहेको दाबी एमाले वृत्तमा गरिएको छ।

फागुन २१ नजिकिँदै जाँदा सखुवा प्रसौनीसहित समग्र पर्सा–३ मा एमालेको चुनावी अभियान थप सक्रिय र प्रभावकारी बन्दै गएको छ। अबको निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा तय गर्ने भएकाले सबै दल आ–आफ्नो रणनीतिमा केन्द्रित छन्, तर हालको जनलहर भने रूपेश पाण्डेको पक्षमा स्पष्ट देखिएको स्थानीय कार्यकर्ताहरूको दाबी छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल