28 June ,2026,Sunday

१५ न.वार्ड भिस्वामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन

वीरगंज, ०६ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले वीरगंज महानगरपालिका १५ न.वार्ड भिस्वास्थित रामनगर चौकमा पार्टीको नयाँ सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

आज आयोजित विशेष कार्यक्रमका बीच पन्तले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटनपछि सम्बोधन गर्दै पन्तले भिस्वावासीसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै स्थानीय जनताले देखाएको विश्वास र मायालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा रास्वपालाई जिताउन स्थानीय बासिन्दा सक्रिय रूपमा लागिपरेको बताउँदै उक्त समर्थनलाई परिवर्तनको जनमतका रूपमा आफूले लिएको बताए।

“भिस्वावासीले देखाएको माया र भरोसाले मलाई थप जिम्मेवारी बोध गराएको छ,” उनले भने, “यहाँको समग्र विकास, सुशासन र पारदर्शिताका लागि हामी दृढ प्रतिबद्ध छौँ। जनताको अपेक्षा र आवश्यकता अनुसार काम गर्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ।”

कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ राजनीतिक विकल्पको रूपमा रास्वपाप्रति जनआकर्षण बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।

भिस्वामा कार्यालय उद्घाटनसँगै रास्वपाले पर्सा–१ मा आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई थप तीव्र बनाउने संकेत दिएको छ। स्थानीय तहदेखि प्रतिनिधि सभासम्म जनमुखी एजेन्डालाई प्राथमिकतामा राख्दै अघि बढ्ने नेताहरूको प्रतिबद्धता कार्यक्रममा दोहोरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...