अभिलाष गुप्ता
वीरगंज, १३ अषाढ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तर्गत सञ्चालित Strengthening Action for Epidemic Response (SAFER) कार्यक्रम अन्तर्गत पर्सा जिल्लाका विभिन्न स्थानीय तहका सामाजिक परिचालिका, स्वास्थ्यकर्मी तथा नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक प्राथमिक उपचार (Psychosocial First Aid – PFA) सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
तालिम कार्यक्रममा सहभागीहरूलाई विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक सहयोग कसरी प्रदान गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति वृज किशोर पटेल ले गर्नुभएको थियो। कार्यक्रममा उपसभापति मधु राणा, कोषाध्यक्ष दयाशंकर सिंह, कार्यसमिति सदस्यहरू राजेश्वर प्रसाद चौरसिया, जितेन्द्र वर्मा तथा बाबुनन्द चौरसियाको गरिमामय उपस्थिति रहेको थियो।
उक्त तालिम अषाढ १३-१५ गरि ३ दिन सम्म संचाल हुने भएकोले को सहजीकरण तथा प्रशिक्षण नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रशिक्षक टिकाराज पौडेल र दीपक पोखरेलले गर्नुभएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गर्दै समुदायस्तरमा सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता सहभागीहरुले व्यक्त गरेको कुरा रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराएका छन।


