spot_img

10 March ,2026,Tuesday

डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीको ७ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ फागुन । वीरगंजस्थित डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीको ७ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उक्त वार्षिक उत्सव वीरगंजको क्लासिक बैंक्वेट हलमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि हिसान वीरगंजका अध्यक्ष मुकेश गुप्ता रहेका थिए। त्यस्तै विशिष्ट अतिथिहरूमा प्याब्सन वीरगञ्जका नगर अध्यक्ष राहुल गुप्ता, आलोक चौरसिया, मार्तिन मोक्तान, युवराज केशरी तथा सदाम हुसैनको उपस्थिति रहेको थियो।

डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीकी प्रधानाध्यापक रोशनी श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स–साना बालबालिकाहरू ले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। बालबालिकाहरूले नाटक, गीत–संगीत, नृत्य लगायतका कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

त्यसैगरी विद्यालयमा खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट प्रस्तुति गर्ने विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिनुका साथै उनीहरूका अभिभावकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए। उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा अभिवृद्धि तथा अभिभावक–विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल