spot_img

11 March ,2026,Wednesday

विपन्न परिवारलाई रास्वपाका युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सामग्री सहयोग

वीरगंज, २६ फागुन । समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वर चौधरीले एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। वीरगंज क्षेत्रमा बसोबास गर्दै आएका एक गरिब परिवारकी छोरीको बिहे हुन लागेको जानकारी पाएपछि चौधरीले आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

आर्थिक अभावका कारण विवाह व्यवस्थापनमा समस्या भोगिरहेको उक्त परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री प्रदान गरिएको उनले बताए।राजनीति मात्र नभई समाज सेवामा पनि सक्रिय रहनुपर्ने विश्वास व्यक्त गर्दै चौधरीले भने, “राजनीति त हुँदै गइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्न सक्छ।

सहयोग प्राप्त गरेपछि परिवारका सदस्यहरूले चौधरीप्रति आभार व्यक्त गरेका छन्। उनले बिहे हुन लागेकी बहिनीको दाम्पत्य जीवन सुखमय र सफल होस् भनी भगवानसँग प्रार्थना समेत गरेका छन्।
स्थानीयहरूले चौधरीको यो सहयोगी कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल