spot_img

20 March ,2026,Friday

पटनामा हुने ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को तयारीका लागि उच्चस्तरीय टोली प्रस्थान, वीरगंजमा भव्य स्वागत अभिलाष गुप्ता

वीरगंज, ०६ चैत्र । भारतको पटना मा आयोजना हुन लागेको आगामी ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को भव्य तयारी तथा समीक्षाका लागि विश्व ज्योतिष महासंघ को एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपालबाट पटनातर्फ प्रस्थान गरेको छ।

उक्त प्रतिनिधिमण्डलमा डा. लोकराज पौडेल (अध्यक्ष), प्रो. डा. सुबोध शुक्ला (कोषाध्यक्ष), आचार्य लक्ष्मण पन्थी (दक्षिण एशियाई ज्योतिष महासंघका अध्यक्ष) तथा एस्ट्रो भरतमणि ज्ञवाली (महासचिव) रहनुभएको छ। टोली आगामी तीन दिनसम्म पटनास्थित होटल चाणक्य मा बसोबास गर्दै आयोजक समिति, अन्तर्राष्ट्रिय समिति तथा समीक्षा बैठकहरूमा सहभागिता जनाउने साथै पत्रकार सम्मेलनमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।काठमाडौँबाट वीरगञ्ज आइपुग्ने क्रममा उक्त टोलीलाई भव्य स्वागत गरिएको थियो।

विश्व ज्योतिष महासंघ का एशिया उपसभापति डा. पुरुषोत्तम दुबेको नेतृत्वमा वीरगञ्जका प्रतिष्ठित समाजसेवी तथा विद्वानहरूले टोलीको अभिनन्दन गरेका थिए।सो अवसरमा टोलीले प्रसिद्ध शक्तिपीठ श्री गहवा माई मन्दिर मा दर्शन तथा पूजा–अर्चना समेत गरेको थियो। मन्दिरका मूल पुजारी राधेश्याम उपाध्यायले टोलीलाई आशीर्वाद प्रदान गर्नुभएको थियो।

कार्यक्रममा श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, महासचिव पप्पु गुप्ता, ब्राह्मण समाजका बृजमोहन तिवारी तथा ज्योतिष परिषद्का विद्वानहरू पण्डित श्याम सुन्दर पाण्डेय, पण्डित दिनेश तिवारी, पण्डित रत्नेश तिवारी, पण्डित विद्याधर झा, पण्डित संजय चतुर्वेदी र पण्डित ध्रुवनारायण पाण्डेयको उपस्थिति रहेको थियो।

साथै समाजसेवी राजेन्द्र सिंह र पत्रकार सन्तोष मिश्र लगायतका गण्यमान्य व्यक्तिहरूले आगामी सम्मेलन को पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

यो भ्रमणले नेपाल र भारतका ज्योतिषीहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी सम्मेलनलाई ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल