27 June ,2026,Saturday

विश्व मुख स्वास्थ्य दिवसमा वीरगंजमा जनचेतनामूलक र्‍याली सम्पन्न

वीरगंज, ०६ चैत्र । नेपाल डेन्टल एसोसिएसन वीरगंजको आयोजनामा विश्व मुख स्वास्थ्य दिवसका अवसरमा शुक्रबार वीरगंजमा जनचेतनामूलक र्‍याली सम्पन्न गरिएको छ।

‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आयोजना गरिएको उक्त र्‍याली वीरगंज नगर परिक्रमा गर्दै घण्टाघरस्थित कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा सहभागीहरूले दन्त स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए। दन्त रोग विशेषज्ञ डा. विकास पटेलले यस्ता गतिविधिले समुदायमा दन्त स्वास्थ्यबारे सचेतना बढाउन सहयोग पुग्ने बताएका छन्।यसैबीच, विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठन तथा दन्त विशेषज्ञहरूले नियमित रूपमा दाँत सफा गर्ने, समय–समयमा दन्त परीक्षण गराउने र अत्यधिक चिनी तथा प्रशोधित खाद्य पदार्थबाट टाढा रहन सुझाव दिएका छन्। उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन्।

विश्व दन्त महासङ्घको आह्वानमा विभिन्न देशमा दन्त स्वास्थ्य शिविर, कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। सन् २०१३ देखि मनाउन थालिएको यो दिवसले समुदायमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...