spot_img

30 March ,2026,Monday

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको ट्रफी प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्तले आईतबार वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिर अगाडि सार्वजनिक गरेका हुन् ।

 
सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बिच सांसद पन्तद्वारा सार्वजनिक गराईएको हो । स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिताले वीरगञ्जको खेलकुद क्षेत्रमा थप उत्साह थप्ने  सम्योजक सुमित कादमियाले  बताए । 
वीरगन्ज  प्रीमियर लिगमा सहभागी हुने टिमका कप्तानहरुको उपस्तिथिमा आयोजना गरिएको उक्त कार्यक्रममा  सुमित चौरसिया , निरज गुप्ता लगायतका  युबाहरुको उल्लेख्य उपस्थिति थियो ।   ट्रफी सार्वजनिक कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल