spot_img

1 April ,2026,Wednesday

निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुर्ई युवकको मृत्यु

वीरगंज, १८ चैत। बारा जिल्लाको निजगढ नगरपालिकामा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन।
दुर्घटनामा घाइते भएका ढुंगानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डकमा र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। तर अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
प्रहरीका अनुसार, सर्लाहीबाट काठमाडौंतर्पm जाँदै गरेको बागमती प्र २–०४२ प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र ३–००४ प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा ठोक्किएको थियो। दुर्घटनामा वैभव ढुंगानाले ९८२४ नम्बरको र सुरेश श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान शुरू गरेको जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल