काठमाडौं, १८ चैत्र । पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा क्षेत्र नं. १ सँग जोडिएका गम्भीर बिषयहरू उठान गरेका छन् ।
मधेस प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच प्रधानमन्त्रीको कार्यालय सिंह दरवारमा बुधवार भएको भेटघाटको क्रममा सांसद पन्तले यी गम्भीर बिषयहरू उठान गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग उनले विशेष गरी सिर्सिया नदी प्रदुषण हटाउन अधिकारसम्पन्न समिति गठन गरी समयसीमा तोकेर समस्याको समाधान अबको सरकारको काम भएको बताए ।
सांसद पन्तले किसानलाइ चाहिएको समयमा चाहिने जति मलखाद कुनै पनि हालतमा सरकारले उपलब्ध गराउनु पर्ने समेत माग गरे ।
सांसद पन्तले वीरगंजका क्यासिनोहरूको बिषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराउँदै वीरगंजका प्रायः क्यासिनोहरूले नेपालीहरूलाई अबैध रूपमा प्रबेश गराएर धेरैजना वीरगंजबासीहरूको बिल्ली बाट बनाउदा समेत प्रहरी र प्रशासन मुकदर्शक भएर बसेको आरोप समेत लगाए ।
प्रधानमन्त्री बालेन्द्र शाहले यस बिषयमा अहिले नै प्रहरी महानिरीक्ष्क र गृह सचिवलाई निर्देशन दिने बताए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले नसुन्ने कुरै नहुने समेत बताए ।



