26 June ,2026,Friday

मोटरसाइकल दुर्घटनामा क्वारेन्टाइन अधिकृत डा. भरत साहको निधन

वीरगंज, २३ चैत्र । पशु क्वारेन्टाइन कार्यालय वीरगंजका क्वारेन्टाइन अधिकृत डा. भरत साहको मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा निधन भएको छ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको वीरगंजस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको हो।

डा. साहको असामयिक निधनले पशु स्वास्थ्य तथा क्वारेन्टाइन क्षेत्रमा कार्यरत कर्मचारी तथा उहाँका सहकर्मीहरू शोकाकुल बनेका छन्। लामो समयदेखि पशु स्वास्थ्य सेवामा सक्रिय रहँदै आउनुभएका उहाँको योगदान उल्लेखनीय रहेको बताइएको छ।

उहाँको निधनप्रति विभिन्न निकाय तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...