spot_img

6 April ,2026,Monday

स्थानीय तहका कर्मचारीलाई नियमित उपस्थित हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं, चैत्र २३ । नेपाल सरकार अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशास मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीको अनियमित उपस्थितिका कारण सेवा प्रवाहमा असर परेको भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ।

मन्त्रालयले चैत २३ गते जारी गरेको सूचनामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र खटाइएको स्थानमा हाजिर नहुने प्रवृत्तिका कारण सेवा प्रवाहमा गम्भीर समस्या देखिएको उल्लेख गरिएको छ।विभिन्न स्थानीय तहबाट निरन्तर गुनासो आएपछि मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार खटाइएका कर्मचारीलाई अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको हो।

सूचनामा खटाइएको स्थानमा हाजिर नभई सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित निकायलाई निर्देशन पालना गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।

मन्त्रालयको यस निर्णयले स्थानीय तहमा सेवा प्रवाह सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल