26 June ,2026,Friday

एमाले पर्सा बैठक सम्पन्न, ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण भन्दै तत्काल रिहाई माँग

वीरगंज, २५ चैत्र । नेकपा एमाले पर्साको बुधबार सम्पन्न जिल्ला स्तरीय भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

टाउन हलमा सम्पन्न भेलामा स्थानीय नेताहरूले वर्तमान सरकार प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्। गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरूले कडा विरोध जनाए।

साथै, तत्काल रिहाइको माग समेत गरेका छन । । नेताहरुले पार्टी संगठनभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने, नेतृत्वको निर्देशन र निर्णयअनुसार पार्टी संगठन पंक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए। वक्ताहरूले पार्टी भित्रका कमजोरी सुधार्दै सशक्त रूपमा अघि बढ्नु पर्नेमा जोड दिएका छन्।

एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। पार्टी निर्देशन नमान्ने नेतामाथि कारबाही नगरेसम्म विकृति हट्न नसक्ने उनको भनाइ थियो। उनले पार्टीले आयोजना गर्ने हरेक आन्दोलनमा टिकट लिएर चुनाव लडेका नेता, निर्वाचित मेयर तथा वडा अध्यक्षहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि राखे।

जिल्ला कमिटी अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, जालिम मियाँ, प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी तथा जिल्ला सचिव महेश दास,मानदेव हजरा, सन्जु छतकुली लगायतकाले मन्तव्य राखेका थिए।

कार्यक्रममा पोखरीयाका मेयर प्रधुम्न चौहान, पर्सागढीका मेयर गोकर्ण पाठक ,बहुदरमाई नगरपालिका मेयर सिघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा, नेताहरु शिवजी गुप्ता, बिना शर्मा, शिव पटेल,वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अलि लगायत,अनिल हजरा, नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...