spot_img

10 April ,2026,Friday

वीरगंज वडा नं. ८ को भवन महानगर प्रमुख सिंहद्वारा उदघाटन

वीरगंज, २७ चैत । वीरगंज महानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार एक कार्यक्रम बीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गर्नु भएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा टेण्डर आहवान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो। सो टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपियाँँको लागतमा भवन निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण सम्पन्न भएसँगै अब वडा कार्यालयले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

नवनिर्मित भवन दुर्ई तले पक्की संरचनामा तयार गरिएको छ । यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए । अब भने नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताउनुभयो । उहाँले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल