18 May ,2026,Monday

spot_img
spot_img
spot_img
spot_img

बिपिसी कलेज द्वारा कक्षा १२ को फेयरवेल कार्यक्रम भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ०४ जेष्ठ । वीरगंजस्थित बिपिसी कलेजमा कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा आयोजित फेयरवेल कार्यक्रम भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिका रूपमा अमित हर्लालका, मुशकान श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य ले गरेका थिए।यस अवसरमा प्राध्यापक हरि रत्न तुलाधर, बासु कर्ण, युगल किशोर लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज चौधरीले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न अनुशासन, मेहनत र संस्कार आवश्यक रहेको बताए।

उनले विद्यार्थीहरूलाई जीवनभर कहिल्यै नबिर्सनुपर्ने दुई महत्वपूर्ण व्यक्तित्वबारे स्मरण गराउँदै भने, “जिन्दगीमा दुई जनालाई कहिल्यै नबिर्सनु होला—आफ्ना बुवा–आमा र आफ्ना गुरु शिक्षकलाई।” उनले अभिभावक र शिक्षकको योगदानकै कारण विद्यार्थी सही मार्गमा अघि बढ्न सक्ने उल्लेख गर्दै सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका अध्यक्ष डा. दिपक शाक्यले कलेजले स्थापना कालदेखि नै अनुशासन, गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए। उनले केवल किताबी ज्ञान मात्र नभई नैतिक शिक्षा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वसमेत कलेजले सिकाउँदै आएको उल्लेख गरे। विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै उनले कलेजले उत्पादन गरेका विद्यार्थीहरू समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। फेयरवेल कार्यक्रममा भावुक वातावरणसमेत देखिएको थियो भने विद्यार्थीहरूले आफ्ना शिक्षक तथा साथीहरूसँगका अविस्मरणीय क्षणहरू सम्झिएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल